२०८३, आश्विन २१ गते

images

नेपाल एसबिआई बैंक नेपाल पे मा आवद्ध

नेपाल एसबिआई बैंक नेपाल पे मा आवद्ध

सोमवार, जेठ २६ २०८२०२:०८
सोमवार, जेठ २६ २०८२०२:०८
  • images

    काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले नेशनल क्रेडिट कार्ड स्वीस तथा नेपाल पे कार्डको प्रन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । 

    उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

    सो सम्झौता सगैँ बैंकले डोमेस्टिक कार्ड योजना ‘नेपाल पे कार्ड’ जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागी स्विच एकिकृत गर्न सक्नेछ ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend