२०८३, आश्विन २१ गते

images
  • अटो
  • बीएमडब्लूको नयाँ इलेक्ट्रिक गाडी ‘आइएक्स–टू’ सार्वजनिक, कति...

बीएमडब्लूको नयाँ इलेक्ट्रिक गाडी ‘आइएक्स–टू’ सार्वजनिक, कति पर्छ मूल्य ?

बीएमडब्लूको नयाँ इलेक्ट्रिक गाडी ‘आइएक्स–टू’ सार्वजनिक, कति पर्छ मूल्य ?

सीएनएन खबर
सोमवार, जेठ २६ २०८२०२:३६
सीएनएन खबर
सोमवार, जेठ २६ २०८२०२:३६
  • images

    काठमाडौँ । नेपाली बजारमा बीएमडब्लूको ‘आइएक्स’ सिरिजमा तेस्रो मोडल आइएक्स-टु बिक्री सुरू भएको छ ।

    नेपालका लागि बीएमडब्लूको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले आइएक्स टुको मूल्य १ करोड ७९ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । यसअघि नेपाली बजारमा बीएमडब्लूको आइएक्स(वान र आइएक्स-थ्री मोडल बिक्री हुँदै आएको थियो ।

    सिंगल चार्जमा ४४९ किलोमिटर गुडाउन सकिने कुप्पे डिजाइनको आइएक्स-टु लग्जरी इलेक्ट्रीक एसयूभी हो । आइएक्स-टुमा ‘ईड्राइभ-२० सिस्टम’मा १५० किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर दिइएको छ ।

    बीएमडब्लूको आइएक्स-टुमा ६६.५ किलोवाट आवरको ब्याट्रीप्याक पाउन सकिन्छ । यसलाई ११ किलोवाटको एसी चार्जर र १३० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिन्छ ।

    आइएक्स-टुको इन्टेरियरमा ड्यूल कर्भ स्क्रीन लेआउट पाउन सकिन्छ । हेडअप डिस्प्ले, १२ वटा स्पीकर सहितको हर्मन कार्डनको म्युजिक सिस्टम, प्यानारोमिक ग्लासरुफ, हिटेड र मेमोरी सहितको पावर्ड फ्रन्ट सिटले जो कोहीलाई लोभ्याउने छ । साथै, वायरलेस चार्जर, अटोमेटिक एसी, रियर एसी भेन्ट जस्ता फिचरले चालक र यात्रु दुवैलाई सहज बनाउँछ ।

    सुरक्षाको लागि आइएक्स-टुमा ७ वटा एयरब्याग, चारवटै चक्कामा डिस्क ब्रेक, इन्ट्रीग्रेटेड ब्रेकिङ सिस्टम, अटोहोल्ड, ड्राइभ अफ असिस्ट, डाइनामिक ब्रेक कन्ट्रोल, मल्टी ड्राइभ फङ्सन, हाइबिम असिस्ट जस्ता फिचर पाउन सकिन्छ ।

    कम्पनीले यसमा १९ इन्चको डबल स्पोक अलोय ह्वील दिएको छ । यसमा स्पेयर टायर उपलब्ध छैन । त्यसको सट्टा टायर रिपियर किट दिएको छ ।

    आइएक्स-टु कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध कार हो । यसको लम्बाइ ४५५४ एमएम, चौडाइ १८४५ एमएम, उचाइ १५६० एमएम छ । यसको ह्वीलबेस २६९२ एमएम छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend