२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर...

जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

सीएनएन खबर
सोमवार, जेठ २६ २०८२०९:४४
सीएनएन खबर
सोमवार, जेठ २६ २०८२०९:४४
  • images

    काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। सेबोनले सोमबार कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको हो। कम्पनीले मङ्सिर २० गते धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पेश गरेको थियो।

    बोर्डको स्वीकृति पश्चात अब कम्पनीले कुल २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर जारी गर्न पाउनेछ। यसअन्तर्गत, हालको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको पूँजी हकप्रद निष्कासनपछि ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।

    हकप्रद शेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई दिइएको छ। कम्पनीले प्राप्त हुने पूँजीलाई आयोजनाहरूको निर्माण तथा विकासमा प्रयोग गर्ने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend