२०८३, आश्विन २१ गते

images
  • समाचार
  • आँगनमा खेलिरहेको बेला चितुवाले आक्रमण: उपचारका...

आँगनमा खेलिरहेको बेला चितुवाले आक्रमण: उपचारका क्रममा मृत्यु

आँगनमा खेलिरहेको बेला चितुवाले आक्रमण: उपचारका क्रममा मृत्यु

सोमवार, जेठ २६ २०८२१०:०४
सोमवार, जेठ २६ २०८२१०:०४
  • images


    काठमाडौं । तनहुँ बन्दीपुर गाउँपालिका–२ कुवादीमा आज साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा छ वर्षीय उत्सव गुरुङ रहेको प्रहरीले जनाएको छ।  

    आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो। चितुवाको आक्रमणपछि उपचारका लागि उनलाई बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। 

    तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनीमा पछिल्ला केही वर्षयता चितुवा आतङ्क बढेको छ। 

    यसैबीच, तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर आज एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने १५ वर्षीया निर्मला कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    रुखमा घाँस काट्ने क्रममा ‘हाइटेन्सन लाइन’को तार छोएर घाइते कुमालको उपचारका क्रममा बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend