२०८३, आश्विन २३ गते

images

घट्यो सुनको मूल्य,चाँदीको बढ्यो

घट्यो सुनको मूल्य,चाँदीको बढ्यो

मंगलवार, जेठ २७ २०८२१०:४३
मंगलवार, जेठ २७ २०८२१०:४३
  • images

    काठमाडौँ । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो । 

    महासङ्घका अनुसार मंगलबार  छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६२ हजार ८९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ५६ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend