२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • निरन्तर घटेको सुनको मूल्य ह्वात्तै बढ्यो,...

निरन्तर घटेको सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

निरन्तर घटेको सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधवार, जेठ २८ २०८२१०:३८
बुधवार, जेठ २८ २०८२१०:३८
  • images

    काठमाडौँ । पछिल्लो केही दिन यता सुनको मूल्य निरन्तर घटेकोमा बुधबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार बुधबार  छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार १ सय ६५  रुपैयाँमा कारोबार भएको थियो ।

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६४ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ५६ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend