काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफेक्चरर्स एसोसिएसन (नाइमा)ले आगामी साउनमा आयोजना गर्ने नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि स्टल बाँडफाँट गरेको छ ।
साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने एक्स्पोमा चारपांग्रे, दुईपांग्रे र व्यावसायिक सवारीसाधन गरी ५० ब्रान्ड सहभागी हुँदै छन् । जसमा कुल ४८ स्टलमध्ये चारपांग्रेलाई २१, दुईपांग्रेलाई १८ र नौवटा स्टल व्यावसायिक सवारीसाधन ब्रान्डलाई प्रदान गरिएको छ ।
सबै स्टल बुक समेत भइसकेको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन् । नाइमा नेपाल मोबिलिटी एक्स्पोले परम्परागत प्रदर्शनीको ढाँचाहरुमा नवीनता थप्ने उनको भनाइ छ । यो प्रदर्शनीको सबै व्यवस्थापनको जिम्मा मिडिया स्पेस सोलुसन प्रालिले पाएको छ ।
यी हुन सहभागी ब्राण्डहरु
चारपांग्रे सवारीतर्फ एक्स्पोमा बीवाईडी, सिट्रोन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्सले सहभागिता जनाउँदै छन् । त्यसैगरी हुन्डाई, केयी, किया, लिपमोटर, एलईभी१, महिन्द्रा, म्याक्सस, माज्डा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेइको, पुज्यो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन र जिकर पनि एक्स्पोमा सहभागी हुनेछन् ।
दुईपांग्रेतर्फ एक्स्पोमा एम्पर, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायलेट, याडिया र जीहोले सहभागिता जनाउने नाइमाले जनाएको छ ।
सहभागी व्यावसायिक सवारीसाधन ब्रान्डतर्फ भने चेरी वान्डा, डोङफेङ, फारिजन, हुआजी, कामा, केरी, किंगलङ र सनलोङ सहभागी हुनेछन् ।

