२०८३, आश्विन २१ गते

images
  • अटो
  • २३ दिनमा ८ अग्गा र कठिन...

२३ दिनमा ८ अग्गा र कठिन अफरोड गन्तव्यमा पुग्यो विश्वकै पहिलो पिकअप

२३ दिनमा ८ अग्गा र कठिन अफरोड गन्तव्यमा पुग्यो विश्वकै पहिलो पिकअप

सीएनएन खबर
बुधवार, जेठ २८ २०८२०३:४३
सीएनएन खबर
बुधवार, जेठ २८ २०८२०३:४३
  • images

    काठमाडौँ । नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड जीसेभेनले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफरोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ।

    टुनल्याण्ड जीसेभेनले नेपालका सबैभन्दा कठिन भूभागहरू सफलतापूर्वक पार गर्यो। यो यात्रा दार्चुलाको हिकिला (१,९६७ मिटर), पर्वतको फलामे (२,३२५ मिटर), इलामको सन्दकपुर (३,६३६ मिटर), कर्णालीको जुम्ला (२,५१४ मिटर), मनाङको खाङसार (३,७५६ मिटर), ढोरपाटन (३,९०० मिटर), माथिल्लो मुस्ताङको कोरोला सीमा (४,६६० मिटर) र संखुवासभाको गुफापोखरी (२,८९० मिटर) लगायतका उच्च भूभाग र दुर्गममा अवस्थित क्षेत्रहरूमा गरिएको थियो। यी मार्गहरूमा ठाडो उकालो, भीर र कच्ची बाटाहरू रहेका थिए। टुनल्याण्ड जीसेभेनले ती सबै गन्तव्यलाई सफलतापूर्वक नेभिगेट गर्यो र तिनीहरूको पूर्ण क्षमता अनुभव गर्ने अहिलेसम्मकै उत्कृष्ट ४x४ अफरोड पिकअप बन्न सफल भयो।

    यसमा भएको १६० हर्सपावर र ३९० एनएम टर्कले यात्राभरि नै असाधारण पुल फोर्स देखाएको थियो। जीसेभेन टायरले हिलो र ढुङ्गामा राम्रो ग्रिप दिँदै सन्तुलन कायम राख्न मद्दत गर्‍यो। २२५ मिमी ग्राउन्ड क्लियरेन्सले गर्दा बाटोमा आएका ढिस्काहरूमा नअड्किएरै पिकअप सजिलै अघि बढ्यो। उकालो चढ्दा वा ओरालो झर्दा ‘हिल होल्ड’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ले अत्यन्त सहज अनुभव दिएको थियो।

    बाहिरी रूपमा कडा देखिने टुनल्याण्ड जीसेभेन भित्रचाहिँ विलासी र आरामदायी छ। यसमा प्यानोरामिक सनरुफ, तातोरचिसो हुने १२(तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रीक सिट, १२।३ इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन रहेको छ। यी सबै कुराहरुले संयोजनले चालकहरूको लामो र थकाइपूर्ण यात्रालाई पनि सहज बनाएको थियो।

    २३ दिने यो यात्रा टुनल्याण्ड जीसेभेनको एक वर्षे परीक्षणको हिस्सा थियो जसले यसको शक्ति, टिकाउपन र इन्धन दक्षता प्रमाणित गर्‍यो। नेपाली ग्राहकहरूसँग विश्वास कायम गर्न वास्तविक परिस्थितिमा गरिएको परीक्षणको नतिजा देखाइएको हो। टुनल्याण्ड जीसेभेनले हरेक पाटोमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको अपेक्षाभन्दा बढी नै उपलब्धि हासिल गर्‍यो।

    यो यात्राले टुनल्याण्ड जीसेभेन केवल शहर वा सहज सडकका लागि मात्र होइन, जङ्गल, दुर्गम स्थान र उच्च पहाडी सडकहरूका लागि बनेको पिकअप हो भन्ने देखायो। यो केवल पिकअप होइन, यो त शक्ति, आराम र प्रदर्शन खोज्नेहरूका लागि बनाइएको पावर मेशिन हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend