२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • असार १६ देखि शतप्रतिशत हकप्रद निष्काशन...

असार १६ देखि शतप्रतिशत हकप्रद निष्काशन गर्दै तेह्रथुम पावर कम्पनी

असार १६ देखि शतप्रतिशत हकप्रद निष्काशन गर्दै तेह्रथुम पावर कम्पनी

सीएनएन खबर
बिहिवार, जेठ २९ २०८२१०:०६
सीएनएन खबर
बिहिवार, जेठ २९ २०८२१०:०६
  • images

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी असार १६ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशतका दरले, अर्थात १:१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो ।

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ४० लाख कित्ता शेयर निष्काशन गर्दैछ, जसको कुल रकम ४० करोड रुपैयाँ बराबर हुनेछ । यो शेयर निष्काशनका लागि जेठ ५ गते कम्पनीले बुक क्लोज गरेको थियो । जेठ ४ गतेसम्म शेयर कायम रहेका लगानीकर्ताहरूले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

    आवेदन दिने अन्तिम म्याद साउन ४ गतेसम्म तोकिएको छ । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई दिइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend