२०८३, आश्विन २१ गते

images

लमजुङ सुन्दरबजारमा आगलागीबाट दुई तले घर जलेर नष्ट

लमजुङ सुन्दरबजारमा आगलागीबाट दुई तले घर जलेर नष्ट

शनिवार, जेठ ३१ २०८२११:१६
शनिवार, जेठ ३१ २०८२११:१६
  • images

    काठमाडौं ।  लमजुङ सुन्दरबजार नगरपालिका–६ बरेटारमा शुक्रबार राति भएको भीषण आगलागीमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । शुक्रबार राति ११ः५५ बजे गोबिन्द बोहोराको दुईतले जस्ताको छानो रहेको कच्ची घरमा अचानक विद्युत सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जानकारी दिएको छ ।

    आगलागीको सूचना प्राप्त हुनासाथ नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय सुन्दरबजार, भोटेओडार, जिल्ला प्रहरी कार्यालय लमजुङ, चण्डी प्रसाद गण, सशस्त्र प्रहरी बल आश्रित गुल्म रानिकुवा तथा स्थानीयवासीसहित घटनास्थलमा टोली खटिएको थियो ।

    आगो नियन्त्रणका लागि बेसिशहर नगरपालिकाको दमकलसमेत प्रयोग गरिएको थियो । आगो छिमेकी बस्तीतर्फ फैलिने उच्च जोखिम देखिएपछि तत्काल जेसीबी प्रयोग गरी घर भत्काइएको र राति १ः१५ बजे पूर्णरूपमा आगो नियन्त्रणमा लिइएको थियो ।

    उक्त घटनामा मानवीय तथा चौपायामा क्षति नभएको प्रहरीले जनाएको छ । यद्यपि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend