काठमाडौँ । मंगलबार नेपाली नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलबार प्रतितोला २५ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९७ हजार ५ सय रुपैयामा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार १ सय ६५ रुपैँयामा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६७ हजार १८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ५२ रुपैयाँ कायम भएको छ ।

