काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका छन् । मंगलबार बिहान उनी अदालतमा हाजिर भएका हुन् ।
तीनकुनेको आन्दोलनलाई लिएर पक्राउ परेका मिश्र सर्वोच्च अदालतको आदेशले हाजिरी जमानीमा छुटेका थिए । सो आदेशलगत्तै हाजिर जमानीमा रिहा भएका उनी सम्पर्क विहीन हुँदै आएका थिए ।
अदालतमा हाजिर भएसँगै उनको थुनछेक बहस सुरू भएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको थुनछेक बयान हुनेछ । बयानपश्चात् पुर्पक्षमा जेल चलान गर्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने मध्येको एक आदेश हुनेछ ।
सोही मुद्दामा सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणा पनि ३ लाख धरौटीमा रिहा भएका थिए ।

