२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • एनएमबि बैंकको लगानीमा माथिल्लो मैवा जलविद्युत...

एनएमबि बैंकको लगानीमा माथिल्लो मैवा जलविद्युत आयोजना अघि बढ्ने

एनएमबि बैंकको लगानीमा माथिल्लो मैवा जलविद्युत आयोजना अघि बढ्ने

सीएनएन खबर
मंगलवार, आषाढ ३ २०८२१२:१९
सीएनएन खबर
मंगलवार, आषाढ ३ २०८२१२:१९
  • images

    काठमाडौं । ताप्लेजुङ्ग जिल्लाको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित १७.८५ मेगावाट क्षमताको माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा एनएमबि बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापन गरिएको छ ।

    एनएमबि बैंक लिमिटेड र काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच आयोजना निर्माणका लागि आवश्यक ऋण लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार, बैंकले परियोजनामा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ, जसको नेतृत्व चिफ सस्टेनेबल ईनर्जी बैंकिङ्ग प्रमुख दिनेश दुलालले गरेका हुन् । कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    सम्झौता हस्ताक्षर पश्चात आयोजना निर्माणसम्बन्धी योजना, कार्यान्वयन रणनीति तथा वातावरणीय पक्षहरूबारे छलफल गरिएको थियो । कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले आयोजना तोकिएको समयसिमा र लागतभित्रै सम्पन्न गर्न सुझाव दिँदै निर्माणको क्रममा प्राविधिक गुणस्तर, वातावरणीय जोखिम तथा पर्यावरणीय प्रभावलाई ख्याल गर्न आग्रह गरे ।

    कम्पनीका प्रबन्ध निर्देशक सुब्बाले एनएमबि बैंकलाई आर्थिक सहकार्यका लागि धन्यवाद दिँदै आयोजना तोकिएको अवधिमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । आयोजनाको निर्माणबाट पूर्वी पहाडी भेगमा विद्युत् आपूर्ति बढाउने र स्थानीय स्तरमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend