काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६७ हजार ९५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ९ सय ७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

