२०८३, आश्विन २३ गते

images

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, आषाढ ८ २०८२१०:४९
आइतवार, आषाढ ८ २०८२१०:४९
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले उकालो लागेको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने सुन तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

    आज चाँदीको पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार १६० रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend