२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • बंगलादेशको पर्यटकलाई पर्यटन बोर्डको आग्रह: नेपाल...

बंगलादेशको पर्यटकलाई पर्यटन बोर्डको आग्रह: नेपाल भ्रमण गरी जीवनभरका सम्झनासहित फर्किनुस्

बंगलादेशको पर्यटकलाई पर्यटन बोर्डको आग्रह: नेपाल भ्रमण गरी जीवनभरका सम्झनासहित फर्किनुस्

सीएनएन खबर
आइतवार, आषाढ ८ २०८२०२:२५
सीएनएन खबर
आइतवार, आषाढ ८ २०८२०२:२५
  • images

    काठमाडौँ । नेपाल पर्यटन बोर्डले बंगलादेशका पर्यटकका लागि नेपाल भ्रमण गरी जीवनभरको सम्झनासहित फर्किन आग्रह गरेको छ ।

    नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहकार्यमा राजधानी ढाकामा आयोजना गरिएको नेपाल(बङ्गलादेश पर्यटन भेटघाटू कार्यक्रममा बोर्डका निमित्त निर्देशक रोहिणी प्रसाद खनालले बङ्गलादेशी जनसमुदायलाई नेपाल भ्रमण गरेर नेपाल महसुस गर्न, जोडिन, र जीवनभरका सम्झनासहित फर्किन आग्रह गरेका हुन् ।

    निमित्त निर्देशक खनालले नेपालका विविध पर्यटकीय उत्पादन र गतिविधिहरूको समग्र प्रस्तुतिकरण गरेका थिए । उनले ट्रेकिङ, पर्वतारोहण, प्याराग्लाइडिङ, बन्जी जम्पिङ जस्ता साहसिक गतिविधिदेखि अध्यात्मिक विश्राम, वेलनेस टुरिज्म तथा मेडिकल टुरिज्म जस्ता नयाँ सम्भावनाहरूबारे विस्तृत जानकारी गराएका हुन् ।

    “छिमेकी नेपालस् जीवनभरका अनुभवहरूको भूमि” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमलाई  सम्बोधन गर्दै बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बङ्गलादेशी पर्यटकहरूका लागि नेपाल एक आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गरेका हुन् ।

    नेपालले प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटन अवसरहरू र आतिथ्य संस्कृतिको अद्भुत संयोजन प्रदान गर्ने बताउँदै राजदूत भण्डारीले पर्यटन र जनस्तरको सम्बन्धलाई दुई देशबीचको मित्रताको उत्कृष्ट प्रतिबिम्बको रूपमा उल्लेख गरे । साथै, उनले दुई देशका पर्यटन व्यवसायीहरूबीच बीटुबी सम्बन्ध अझ प्रगाढ बनाउन आह्वान गरेका हुन् ।

    बङ्गलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका संयुक्‍त सचिव एकेएम मोनिरुज्जामानले दुई देशबीचको पर्यटन सहकार्यलाई अझ सुदृढ बनाउन संयुक्त पर्यटन प्याकेज विकासको आवश्यकता औंल्याएका हुन् । नेपाल र बङ्गलादेशलाई परस्पर परिपूरक गन्तव्यको रूपमा प्रस्तुत गर्न सकिने सम्भावनाबारे समेत उनले जोड दिए ।

    कार्यक्रममा स्वागत मन्तव्य दिँदै राजदूतावासकी उपप्रमुख ललिता सिलवालले नेपाल र बङ्गलादेशबीचको पर्यटन सहकार्यलाई थप बलियो बनाउने नेपालको प्रतिबद्धता यस्ता कार्यक्रमले पूरा गर्ने विश्‍वास व्यक्त गरेकी छन् ।

    कार्यक्रममा बङ्गलादेशी आरोही इक्मारुल हसन शाकिलले हालै १३७२ किलोमिटरको सी टु समिट यात्रा सम्पन्न गरी २०२५ मे १९ मा सगरमाथा आरोहण गरेको प्रेरणादायी अनुभव सुनाएकी हुन् ।

    बङ्गलादेश ट्राभल एजेन्ट संघका अध्यक्ष अब्दुस सलाम अरेफ तथा एशियन टुरिज्म फेयरका अध्यक्ष श्री मोहिउद्दिन हेलालले पनि सम्बोधन गरेका थिए ।

    कार्यक्रममा नेपाली लोकसाँस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । साथै,सहभागी पर्यटन व्यवसायीहरूको सहयोगमा राफल ड्र पनि गरिएको थियो, जसअन्तर्गत हिमालय एयरलाइन्स र बिमान बङ्गलादेश एयरलाइन्सको प्रायोजनमा ढाका–काठमाडौं राउन्ड ट्रिप हवाई टिकट र नेपाली ट्राभल एजेन्सीहरूद्वारा प्रायोजित विशेष छुट प्याकेजहरू प्रदान गरिएको छ । कार्यक्रमपूर्व दुई देशका ट्राभल तथा टुर कम्पनीहरूबीच बीटुबी सत्र र नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो। नेपालबाट गएको प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्डका अधिकारीहरू सहित १३ वटा पर्यटन व्यवसायी कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend