२०८३, आश्विन २१ गते

images
  • अटो
  • बिवाईडी डल्फिनको नयाँ मोडल सार्वजनिक, यस्तो...

बिवाईडी डल्फिनको नयाँ मोडल सार्वजनिक, यस्तो छ फिचर

बिवाईडी डल्फिनको नयाँ मोडल सार्वजनिक, यस्तो छ फिचर

सीएनएन खबर
आइतवार, आषाढ ८ २०८२०२:३३
सीएनएन खबर
आइतवार, आषाढ ८ २०८२०२:३३
  • images

    काठमाडौँ । नेपालमा बिवाईडी डल्फिन २०२५ को नयाँ मोडल सार्वजनिक भएको छ। नेपालको लागि बिवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ०२५ मोडलको डल्फिन सार्वजनिक गरेको हो। 

    साइमेक्स इंकले नयाँ डल्फिन सार्वजनिक गर्दै हालसम्म नेपालमा डल्फिनको २ हजार ४९० युनिट गाडी डेलिभरि भएको जनाएको छ। डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ। 

    सो कार्यक्रममा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालमा बिवाईडी जसरी अघि बढेको छ त्यो सबै ग्राहकको विश्वासले गर्दा भएको बताइन्। ‘अहिलेसम्म नेपाली सडकमा २ हजार ५०० युनिट डल्फिन बिवाईडी गुडिरहेको छ,’ प्रबन्ध निर्देशक श्रेष्ठले भनिन्, ‘हामीले हरेक पटक ग्राहकलाई केही नयाँ दिन लागि परिरहेका छौं।’ अझै नयाँ प्रडक्ट ल्याएर सेवा दिने श्रेष्ठको भनाइ छ। 

    डल्फिन २०२५ मा एनएफ्सी कि लेस इन्ट्री पनि छ। जसले मोबाइलबाटै भेहिकल स्टार्ट अन अफ गर्न सकिन्छ। यस्तै, यसमा बिवाइडी एप पनि इन्स्टल्ड छ। ल्यो वोल्टेज ब्याट्री र १५ वर्षसम्मको लाइफ भएको ब्याट्रीमा यो भर्सनको गाडी उपलब्ध छ। 

    बिवाईडी डल्फिनमा ४४।९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ। यसमा ७० किलोवाट क्षमताको प्रमानेण्ट ग्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ। यसले १८० एनएमको टर्क उत्पादन गर्छ।
    बिवाइडी डल्फिनमा ओशन एस्थेटिक्सु डिजाइन कन्सेप्ट अपनाएको छ, जुन आकर्षक र आधुनिक देखिन्छ। यसमा रेगुलर एलईडी हेडलाइट र डाइनामिक टेललाइट डिजाइन छ।

    नयाँ डल्फिनको बाहिरि भागमा केही सामान्य परिमार्जनहरू गरिएका छन्। बम्परको तल्लो एयर इन्टेक एरिया र पछाडिको बिल्ड योअर ड्रीम्स लोगोलाई बिवाईडीको लोगोले प्रतिस्थापन गरेको छ। 

    क्याविनमा १२।८ इन्चको घुम्ने टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली छ जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो समर्थन गर्दछ। सामान राख्नको लागि बुट स्पेस ३४५ लिटर छ, जुन पछाडिका सिटहरु फोल्ड गर्दा १,३२० लिटरसम्म विस्तार गर्न सकिन्छ।

    यसमा ६ वटा एयरब्याग, फर्वार्ड कोलिजन वार्निङ, ट्राक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेटिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि यसमा छ। साथै, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट, रिअर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिक अलर्ट जस्ता फिचरहरु पनि छन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend