२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • बजेट पास अघि बालुवाटारमा सत्तापक्षीय दलको...

बजेट पास अघि बालुवाटारमा सत्तापक्षीय दलको बैठक

बजेट पास अघि बालुवाटारमा सत्तापक्षीय दलको बैठक

मंगलवार, आषाढ १० २०८२१०:०८
मंगलवार, आषाढ १० २०८२१०:०८
  • images

    काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्तापक्षीय दलको बैठक बसिरहेको छ।

    बैठकमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष डा सीके राउतलगायत नेता सहभागी छन्। 

    यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपमहासचिव विष्णु रिमाल, कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा अध्यक्ष महन्थ ठाकुर पनि बैठकमा सहभागी छन्। 

    आज आगामी वर्ष ०८२र०८३ को विनियोजन विधेयक ९बजेट० संसद्‌बाट पास गर्ने तयारी छ। त्यसअघि सत्तापक्षीय दलहरूको बैठक बसेको हो।

    तर बजेटमा राखिएका केही प्रावधानमा सत्तारुढ दलबीच एकमत हुन सकेको छैन। 

    सोमबार मात्र कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णु पौडेललाई फोन गरी बजेटका केही प्रावधान तत्काल हटाउन भनेका छन्। अन्यथा बजेट पास नहुने चेतावनी देउवाले दिएका छन्। 

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend