२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ...

घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, आषाढ १० २०८२१०:४९
मंगलवार, आषाढ १० २०८२१०:४९
  • images

    काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुनको मूल्य तोलाको १७ सय रुपैयाँले घटेको हो । 

    महासङ्घका अनुसार सोमबार  छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६५ हजार ८९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend