२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • भिजिट भिसा अध्ययन छानबिन उच्चस्तरीय समिति...

भिजिट भिसा अध्ययन छानबिन उच्चस्तरीय समिति बारे संसदलाई जानकारी, रास्वपाको टिप्पणी सुनपानी छर्कने समिति

भिजिट भिसा अध्ययन छानबिन उच्चस्तरीय समिति बारे संसदलाई जानकारी, रास्वपाको टिप्पणी सुनपानी छर्कने समिति

मंगलवार, आषाढ १० २०८२१२:१४
मंगलवार, आषाढ १० २०८२१२:१४
  • images

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्नको लागि आफ्नै प्रस्तावमा छानबिन समिति सरकारले गठन गरेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै समितिले सदनमा उठेको सबैको भावनालाई समेटेको दाबी गरे ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो । उनले समितिले अख्तियारले छानबिन गरिरहेको अनुसन्धानमा सरकारले कुनै असर नगर्ने सहमति अनुसार नै समिति गठन भएको बताए ।

    गृहमन्त्री लेखकका अनुसार वैरागीको संयोजकत्वको समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य छन् । 

    समितिको सदस्यसचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन् ।

    उनले समितिले अध्यागमनमा देखिएका सबै समस्या समाधान हुनसक्नेगरी सुझाव प्रतिवेदन पेस गर्ने बताए। उनले समितिको ९ वटा कार्यादेश तयार गरेको बताए।

    शंकरदास बैरागीको नेतृत्वमा बनेको उक्त समितिलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सुनपानी छर्कने समिति बनेको टिप्पणी गरेको छ । 

    संसद्मा बोल्दै डा स्वणीम वाग्लेले बैरागीभन्दा पनि तिर्थ भट्टराईकै नेतृत्वमा समिति बनाउदा उत्तम हुने टिप्पणी गरे । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend