२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • बजेटको ‘टेक एन्ड पे’ सम्वन्धी विवादास्पद...

बजेटको ‘टेक एन्ड पे’ सम्वन्धी विवादास्पद बुँदा संशोधन, नयाँ के राखियो ?

बजेटको ‘टेक एन्ड पे’ सम्वन्धी विवादास्पद बुँदा संशोधन, नयाँ के राखियो ?

मंगलवार, आषाढ १० २०८२०४:२७
मंगलवार, आषाढ १० २०८२०४:२७
  • images

    काठमाडौँ । जलविद्युतमा ‘टेक एन्ड पे’ को बिषयमा विवाद उत्पन्न भएपछि सरकारले बजेटको बुँदा संशोधन गरिएको छ।

    मंगलबार प्रतिनिधिसभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको बुँदा नम्बर २२७ लाई लिएर नयाँ प्रस्ताव गरेका छन्। उक्त बुंदामा ‘जलविद्युत् आयोजना सम्पन्न हुने समय तालिकासँग सङ्गति मिल्ने गरी सबस्टेसन र प्रसारण लाइन निर्माण गरिने छ। 

    विद्युत् उत्पादन र खपतबीच सन्तुलन कायम हुने गरी विद्युत् खरिद सम्झौता गर्ने नीति लिइने छ। रन अफ रिभर आयोजनाको टेक एन्ड पे अवधारणा अनुरूप विद्युत् खरिद सम्झौता गरिनेछ,’ भन्ने बाक्यांस उल्लेख थियो।

    अब भने अर्थमन्त्रीको प्रस्ताव अनुसार ‘वित्तीय जोखिम मूल्यांकनका आधारमा ऊर्जा खपत तथा निर्यात हुने यकिन भएका र नेपाल विद्युत् प्राधिकरणले दायित्व भुक्तानी गर्न सक्ने सुनिश्चित भएका आयोजनाको विद्युत् खरिद सम्झौता गर्न सकिने छ’ भन्ने बाक्यांस राखेर संशोधन गरिएको छ। 

    उक्त बुँदामा सत्तारुढ दल कांग्रेसले नै आपत्ति जनाएको थियो। त्यसपछि सच्याउने सहमति भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend