२०८३, आश्विन २३ गते

images

तोलामा १५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा १५ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, आषाढ ११ २०८२१०:५२
बुधवार, आषाढ ११ २०८२१०:५२
  • images

    काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको हो । 

    महासङ्घका अनुसार बुधबार  छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६४ हजार ६१० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ३५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend