काठमाडौँ । पूर्वप्रधानमन्त्री माधव नेपालको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा लिइने भएको छ।
अदालतको भर्खरै प्रकाशित पेसी विवरण अनुसार, नेपालले उपस्थित हुने भनी हिजो दिएको निवेदन न्यायाधीशत्रय राई, थापा र कोइराला रहेको इजलासको पहिलो नम्बरमै परेको छ। उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ।
पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको भन्दै अख्तियारले उनीमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको छ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणः विशेष अदालतमा हाजिर हुँदै माधवकुमार नेपाल

