२०८३, आश्विन २१ गते

images
  • समाचार
  • गभर्नर पौडेलको सम्पत्तिः १४ करोडको सेयर,...

गभर्नर पौडेलको सम्पत्तिः १४ करोडको सेयर, ४६ लाख बचत, अरु के के ?

गभर्नर पौडेलको सम्पत्तिः १४ करोडको सेयर, ४६ लाख बचत, अरु के के ?

बुधवार, आषाढ ११ २०८२०१:२९
बुधवार, आषाढ ११ २०८२०१:२९
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले राष्ट्र बैंकमा असार असार ५ गते बुझाएको सम्पत्ति विवरणमा ललितपुरको भैँसेपाटी र नवलपुरको गैँडाकोटमा पत्नीको नाममा घर रहेको उल्लेख छ ।

    भैँसेपाटीमा रहेको घर ५ आना २ दाम क्षेत्रफलमा फैलिएको छ । यस्तै, गैंडाकोटको घर दुई कित्ता गरी ६ आना १ दाममा फैलिएको उनले उल्लेख गरेका छन् । साथै, उनले करिब ४५ तोला सुनका गरगहना रहेको पनि उल्लेख गरेका छन् ।

    उनको उनले सात कम्पनीमा १४ करोड बढी लगानी रहेको घोषणा गरेका छन्  । पौडेलको नाममा सानिमा बैंकमा २ लाख ४४ हजार १७६ कित्ता साधारण शेयर छ । साथै, सानिमा माई हाइड्रोपावरमा ९२ हजार ५७९ कित्ता साधारण तथा सानिमा मिडल तमोरमा १ लाख ८८ हजार कित्ता प्रमोटर शेयर रहेको सम्पति विवरणमा उल्लेख छ । अन्य विभिन्न कम्पनीमा पनि शेयर रहेको उनले उल्लेख गरेका छन् । 

    पत्नी र आफ्नो  खातामा रहेको बैंक मौज्दातको विवरण पनि उनले उल्लेख गरेका छन् । साथै, श्रीमतीको नाममा सुजुकी कम्पनीको एउटा कार पनि रहेको उनले उल्लेख गरेका छन् ।

    Governor-Dr-Biswo-Nath-Poudel-Sampati-Bibaran-1_page-0001-1-1024x724.jpg

    Governor-Dr-Biswo-Nath-Poudel-Sampati-Bibaran-1_page-0002-1024x724.jpg

    Governor-Dr-Biswo-Nath-Poudel-Sampati-Bibaran-1_page-0003-1024x724.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend