२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार...

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, आषाढ १२ २०८२१०:५६
बिहिवार, आषाढ १२ २०८२१०:५६
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुनको मूल्य तोलाको ३ सय रुपैयाँले बढेको हो । 

    महासङ्घका अनुसार बिहीबार  छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६४ हजार ८६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend