काठमाडौं । संसदीय सुनुवाई समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेका छन् । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी खोलिएको थियो । जसमध्ये तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेको समिति सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिइन् ।
त्यस्तै समितिको कार्यक्षेत्रभित्र नपर्ने अन्य दुई वटा उजुरी समेत प्राप्त भएको उनको भनाई छ । उजुरीका विषयमा छलफल गर्न शुक्रबार बस्ने समिति बैठकमा उजुरीकर्तालाई बोलाइएको सभापति न्यौपानेले जानकारी दिइन् ।
उजुरीकर्तासंग छलफल गरेपछि असार १५ गते प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाई गर्ने समिति सचिवालयको कार्यतालिका पारित गरिएको सभापति न्यौपानेले जानकारी दिइन्।

