२०८३, आश्विन २३ गते

images
  • समाचार
  • २ मोटरसाइकल ठोकिँदा बाबुछोरासहित ३ जनाको...

२ मोटरसाइकल ठोकिँदा बाबुछोरासहित ३ जनाको मृत्यु

२ मोटरसाइकल ठोकिँदा बाबुछोरासहित ३ जनाको मृत्यु

मृतककी पत्नीसहित २ जना गम्भीर घाइते

सीएनएन खबर
आइतवार, आषाढ १५ २०८२१०:३९
सीएनएन खबर
आइतवार, आषाढ १५ २०८२१०:३९
  • images

    काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ।

    दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो। 

    मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकल चालक ५१ वर्षीय बिन्दु यादव छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।  उपचारका क्रममा सबैको मृत्यु भएको हो। 

    दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा र बिन्दु यादवसँग सवार इटहरी–७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन्। उनीहरूको धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend