२०८३, आश्विन २३ गते

images
  • समाचार
  • निजामती सेवा विद्येयकः २ वर्ष कुलिङ...

निजामती सेवा विद्येयकः २ वर्ष कुलिङ पिरियड, मुख्यसचिव र सचिवको कार्यकाल घट्यो, ६० वर्षे उमेर हद

निजामती सेवा विद्येयकः २ वर्ष कुलिङ पिरियड, मुख्यसचिव र सचिवको कार्यकाल घट्यो, ६० वर्षे उमेर हद

आइतवार, आषाढ १५ २०८२०६:०८
आइतवार, आषाढ १५ २०८२०६:०८
  • images

    काठमाडौँ । लामो रस्साकस्सीपछि आइतबार प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विद्येयक पास भएको छ । 

    यसअघि विवादमा आएको २ वर्षे कुलिङ पिरियडलाई यथावत राख्दै सो विद्येयक पारित भएको हो । प्रतिनिधिसभाबाट पारित विद्येयकमा कर्मचारीको अवकाश उमेर २ वर्ष बढाएर ६० वर्ष बनाईएको छ । यसअघि उमेरहद ५८ वर्ष तोकिएको थियो । 

    विधेयक पारित हुनु अगाडिको छलफलमा बोल्दै सांसदहरूले कुलिङ पिरियडको प्रावधानले मुलुकमा सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिनिधि सभाबाट पारित विधेयकले हाल अभ्यासमा रहेका विभिन्न प्रावधानलाई पनि फेरेको छ । विधेयकअनुसार निजामती सेवामा उपसचिवसम्म मात्रै खुला प्रवेश रहने छ । सेवा प्रवेशका लागि अधिकतम उमेर पुरुषको हकमा ३५ र महिलाको हकमा ३९ वर्ष कायम हुनेछ ।

    सरकारले अधिकृत तहको पदमा प्रवेश गर्न २१ वर्ष पूरा भएको हुनुपर्ने तर पुरुषको हकमा ३२ वर्ष ननाघेको र महिलाको हकमा ३७ वर्ष पूरा नभएको हुनुपर्ने प्रस्ताव गरेको थियो । 

    मुख्यसचिव र सचिवको कार्यकाल पनि घटाइएको छ । हाल मुख्यसचिवको सेवा अवधि ३ वर्ष रहेको छ । विधेयकले घटाएर मुख्यसचिवको कार्यकाल २ वर्ष हुने बनाएको छ ।

    सचिवको सेवा अवधि हाल ५ वर्ष हुने व्यवस्था छ । यसलाई बदलेर ४ वर्ष बनाइएको छ ।

    तर, हाल पदमा बहल रहेका सचिव र मुख्यसचिवको हकमा घटाइएको कार्यकालको प्रावधान लागु हुने छैन । बहालवाला मुख्यसचिव र सचिवको कार्यकाल साविक अनुसारकै ३ वर्ष र ५ वर्ष कायम रहनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend