२०८३, आश्विन २३ गते

images
  • समाचार
  • नागार्जुनका मेयर बस्नेतलाई भ्रष्टाचारमा ऐतिहासिक फैसला,...

नागार्जुनका मेयर बस्नेतलाई भ्रष्टाचारमा ऐतिहासिक फैसला, ८ वर्षभन्दा बढी कैद

नागार्जुनका मेयर बस्नेतलाई भ्रष्टाचारमा ऐतिहासिक फैसला, ८ वर्षभन्दा बढी कैद

सोमवार, आषाढ १६ २०८२०६:३४
सोमवार, आषाढ १६ २०८२०६:३४
  • images


    काठमाडौँ । भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय सुनाइएको छ।  

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले यो सजाय निर्धारण गरेको हो।  

    उनलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना पनि तोकिएको छ। सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतलाई १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो दाबी गरिएकोमा ३ वर्ष कैद सजाय हुने ठहर भएको छ भने बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसा जरिवाना हुने ठहर भएको छ।  

    त्यस्तै गैरकानुनी रुपमा कमाएको ठहर भएको सम्पत्तिसमेत जफत हुने भएको छ।  उनीमाथि सम्पत्ति शुद्धीकरणकै कसुरमा राष्ट्रसेवकलाई हुने अतिरिक्त १० प्रतिशत कैद सजायसमेत ९३ महिना १० दिन० थप हुनेछ।  

    बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र सो कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ  २२ पैसा क्षतिपुर्ति शूल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने समेत ठहर भएको छ।  

    त्यस्तै कँडेललाई पनि ८ वर्ष कैद  हुने भएको छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend