२०८३, आश्विन २१ गते

images
  • समाचार
  • झापामा किशोरहरूबीचको कुटपिटले दुईको ज्यान गयो,...

झापामा किशोरहरूबीचको कुटपिटले दुईको ज्यान गयो, छ जना नियन्त्रणमा

झापामा किशोरहरूबीचको कुटपिटले दुईको ज्यान गयो, छ जना नियन्त्रणमा

सीएनएन खबर
बिहिवार, आषाढ १९ २०८२०९:२१
सीएनएन खबर
बिहिवार, आषाढ १९ २०८२०९:२१
  • images

    काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–९ मा किशोरहरूबीचको कुटपिटबाट दुई किशोरको ज्यान गएको छ । शिवसताक्षीको संगमचोकका १५ वर्षीय आदित्य तामाङको बुधबार दिउँसो बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको हो। यसअघि आइतबार आदित्यका साथी रोमन थापाको पनि बिर्तासिटी अस्पतालमा मृत्यु भएको थियो।

    गत शुक्रबार साँझ ट्युसन पढेर फर्किंदै गर्दा ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले आदित्यमाथि दुईपटक गरी कुटपिट गरेका थिए। पहिलोपटक सामान्य कुटपिट गरेर छाडेपनि केही समयपछि पुनः बोलाएर ती किशोरहरूले कुटपिट गरेका थिए। कुटपिटपछि आदित्यले परिवारमा घटनाबारे जानकारी गराएनन्, जसले गर्दा अस्पताल पुर्याउन ढिला भएको र अवस्था गम्भीर बन्दै गएको बताइएको छ।

    प्रहरीले घटनामा संलग्न भएको आशंकामा हालसम्म ६ किशोरलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान थालेको छ। प्रारम्भिक बयानमा उनीहरूले संलग्नता स्वीकार गरेको प्रहरीको भनाइ छ। घटनामा अन्यको संलग्नता हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको जनाइएको छ।

    दुवै मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कानुनी कारबाहीको माग गरेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend