२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • सेनाले जडान गरेको बेलीवृजको प्रधानमन्त्री ओलीद्वारा...

सेनाले जडान गरेको बेलीवृजको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

सेनाले जडान गरेको बेलीवृजको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

आइतवार, आषाढ २२ २०८२१०:१०
आइतवार, आषाढ २२ २०८२१०:१०
  • images

    काठमाडौं । कर्णाली प्रदेशको हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि हिल्सा–सिमिकोट सडक खण्डको खार्पुनाथ गाउँपालिका–५ स्थित चुवा खोलामा नेपाली सेनाद्वारा जडान गरिएको बेलीवृजको आईतबार उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

    चैत्र १२ गतेबाट नेपाली सेनाको फौज पुल निर्माण स्थलमा खटिएर भौतिक निर्माणको कार्य शुभारम्भ भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कर्णाली प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि र स्थानीय जनसमुदायको समन्वयमा जडान गरिएको ५१.८ मि. (१७० फिट) लम्बाई, ४.२ मि. (१३.७८ फिट) चौडाई तथा २१ टन अधिकतम भारवहन क्षमता रहेको बेलीवृज सञ्चालन भएसँगै हिल्सा–सिमिकोट सडक खण्डमा बाह्रै महिना सवारीसाधन आवागमन हुने भएको छ ।

    उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, रक्षामन्त्री, कर्णाली प्रदेशका मुख्यमन्त्री, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरू, उत्तर पश्चिम पृतनाका पृतनापति, स्थानीय जनप्रतिनिधि, जिल्लास्थित सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend