२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै,...

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

सोमवार, आषाढ २३ २०८२०७:१०
सोमवार, आषाढ २३ २०८२०७:१०
  • images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ। बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले आज पुनः बस्ने गरी आइतबार स्थगित गरिएको थियो।

    पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा बसेको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, समाजवादी मोर्चाका गतिविधि, वामपन्थी शक्तिबीच एकतालगायत विषयमा छलफल गरिएको छ।

    अध्यक्ष नेपाललाई विशेष अदालतमा दायर भएको मुद्दा, संसदीय दलको नेताको विकल्प, पार्टी नेतृत्वका बारेमा उठेका कानुनी एवं व्यावहारिक पक्षका बारेमा छलफल गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

    पार्टी नेतृ रामकुमारी झाँक्रीलाई सोधिएको स्पष्टीकरणका बारे छलफल गरिएको बैठकमा पार्टी निकट जनवर्गीय सङ्गठनका कार्यप्रगतिको समीक्षा, आन्तरिक विवाद समाधानबारे समीक्षा गरिएको छ।

    मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, विभागलाई पूर्णता दिने तथा नेताहरूको जिम्मेवारी, पार्टीको आगामी रणनीतिका विषयमा छलफल गरिएको जनाइएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend