२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • कुलिङ पिरियड प्रकरणः यी हुन् संसदीय...

कुलिङ पिरियड प्रकरणः यी हुन् संसदीय छानबिन समितिका ७ सदस्य

कुलिङ पिरियड प्रकरणः यी हुन् संसदीय छानबिन समितिका ७ सदस्य

सोमवार, आषाढ २३ २०८२०१:१५
सोमवार, आषाढ २३ २०८२०१:१५
  • images

    काठमाडौँ । निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी  विषयमा भएको छलछामको छानबिन तथा अध्ययन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन भएको छ।

    सोमबार मध्यान्ह बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ५ दलका प्रमुख सचेतकले समितिमा रहने सदस्यको नामावली सभामुखलाई दिएका हुन्।

    नेपाली कांग्रेसबाट जीवन परियार र शुशिला थिङ समितिमा परेका छन्। माओवादी केन्द्रले सांसद माधव सापकोटालाई समितिमा पठाएको छ। त्यसैगरि  रास्वपाबाट शोभिता गौतम, राप्रपाबाट सांसद रोशन कार्की समितिमा छनोट भएका छन्।

    शनिबार सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो। 

    समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिइएको छ। 

    निजामती विधेयकमा रहेको सेवा निवृत्त उच्च पदस्त कर्मचारीले २ वर्षपछि मात्रै सरकारी नियुक्ति लिन पाउने व्यवस्था रहेको प्रतिवेदन राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेको भए पनि प्रतिनिधिसभाको पूर्णसभाबाट पारित भएर आउँदा अर्कै विषय रहेको पाइएपछि विवाद भएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend