२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • कांग्रेसको दबाबपछि भूमिसम्बन्धी विधेयक आजको कार्यसूचीबाट...

कांग्रेसको दबाबपछि भूमिसम्बन्धी विधेयक आजको कार्यसूचीबाट हटाइयो

कांग्रेसको दबाबपछि भूमिसम्बन्धी विधेयक आजको कार्यसूचीबाट हटाइयो

बुधवार, आषाढ २५ २०८२०२:१७
बुधवार, आषाढ २५ २०८२०२:१७
  • images

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको आग्रहपछि प्रतिनिधिसभाको आजको बैठकबाट भूमिसम्बन्धी विधेयक हटाइएको छ। नेपाली कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै विधेयक पारित नगर्न अडान लिएपछि संसदको सम्भावित कार्यसूचीबाट ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक’ हटाइएको हो।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उक्त विधेयक बैठकमा प्रस्तुत गर्ने तयारी गरेका थिए। विधेयक प्रस्तुतपछि छलफल गरी पारित गर्ने योजना थियो। तर, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज बिहानै संसद बैठक सुरु हुनुअघि विधेयक कार्यसूचीबाट हटाउन माग गरे।

    “पर्याप्त गृहकार्य नगरी विधेयक सोझै पारित गर्ने तयारीप्रति हामीलाई विमति छ,” शर्माले भने, “सहमति जुटाएर अघि बढ्नु उचित हुन्छ, होइन भने समितिमा पठाइयोस् अथवा आजको कार्यसूचीबाट हटाइयोस्।”

    विधेयकमाथि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले संशोधन दर्ता गराएका थिए। यसअघि पनि मन्त्रिपरिषद्ले सो विधेयक अध्यादेशका रूपमा ल्याउन सिफारिस गरे पनि राष्ट्रपतिले रोक लगाएपछि त्यसलाई विधेयकका रूपमा अघि बढाइएको थियो।

    हाल ५९ सदस्यीय राष्ट्रिय सभामा सत्तारूढ दल नेपाली कांग्रेसका १६ र एमालेका ११ सदस्य (एक मनोनितसहित) मात्र रहेका छन्। जसपाले समर्थन नगर्ने अडान लिएपछि राष्ट्रिय सभामा बहुमत जुट्न नसक्ने देखिएपछि विधेयक संसदबाट पारित गर्ने रणनीति तय गरिएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend