काठमाडौँ । नेपाल टेलिकमले मनसुन अफर सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक विज्ञप्ती जारी गर्दै ग्राहकको सन्तुष्टि र चाहनालाई प्राथमिकता दिँदै उक्त अफर सार्वजनिक गरिएको जनाएको हो ।
ग्राहक सेवामा समर्पित भन्ने नारालाई आत्मसात गर्दै विभिन्न माध्यमबाट प्राप्त भएका ग्राहकवर्गका प्रतिक्रिया र सुझावका साथै सेवाको प्रयोगशैलीलाई समेत मध्यनजर गर्दै कम्पनीले भोलि (२०८२ असार २६) गतेदेखि लागु हुने गरी मनसुन अफर २०८२ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराउने भएको छ ।
यस अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३०५ छुटमा समेत उपलब्ध गराइने छ ।
ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।
यस अफर सम्बन्धमा विस्तृत जानकारी कम्पनीको वेबसाइट मार्फत प्राप्त गर्न सकिनेछ।

