२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल...

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल निष्कासित

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल निष्कासित

बुधवार, आषाढ २५ २०८२०५:४३
बुधवार, आषाढ २५ २०८२०५:४३
  • images

    काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्कासन गरेको छ। २०७९ सालको संघीय तथा प्रदेश निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विपक्षमा लागेर हराउने भूमिका खेलेको ठहर गर्दै कांग्रेसले खनालमाथि कारबाही गरेको हो।

    पार्टी अनुशासन विपरीत काम गरेको भन्दै उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको कांग्रेसले जनाएको छ। पार्टीको नीति, निर्णय र अनुशासनविपरीत गतिविधि गरेकाले कारबाही गरिएको कांग्रेस स्रोतले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend