२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • अनुशासन समितिको कारबाही ‘प्रतिशोधपूर्ण’ भन्दै शेखर...

अनुशासन समितिको कारबाही ‘प्रतिशोधपूर्ण’ भन्दै शेखर कोइराला पक्षको प्रतिवादको घोषणा

अनुशासन समितिको कारबाही ‘प्रतिशोधपूर्ण’ भन्दै शेखर कोइराला पक्षको प्रतिवादको घोषणा

बिहिवार, आषाढ २६ २०८२०१:४६
बिहिवार, आषाढ २६ २०८२०१:४६
  • images

    काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका नेताहरूले पार्टीको केन्द्रीय अनुशासन समितिबाट भएको कारबाहीलाई गुट प्रेरित र प्रतिशोधपूर्ण भन्दै प्रतिकार गर्ने घोषणा गरेका छन्।

    बिहीबार काठमाडौंमा बसेको बैठकमा, कोइराला पक्षका नेताहरूले अनुशासन समितिको कारबाहीलाई अवैधानिक ठहर गर्दै त्यसको सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेका हुन्। कांग्रेस नेता गुरुराज घिमिरेका अनुसार कारबाही पार्टीको विधान र नियमावलीको उलंघन गर्दै गरिएको हो।

    ‘पार्टीको सदस्यउपर उजुरी परेको ६ महिनाभित्र कारबाहीको टुंगो लगाउनुपर्ने नियम छ। तर अहिले अढाई वर्षपछि कारबाहीको निर्णय आएको छ, जुन पार्टी विधान विपरीत हो,’घिमिरेले बताए।

    उनले यो कारबाही पक्षपातपूर्ण, गुट प्रेरित र प्रतिस्पर्धी समूहलाई पाखा लगाउने उद्देश्यका साथ भएको आरोप पनि लगाए।घिमिरेका अनुसार, शेखर कोइराला लगायतका नेताहरूले सभापति शेरबहादुर देउवासँग यस विषयमा छलफल गर्ने तयारी गरेका छन्।

    ‘हामी यसलाई सभ्य र सालिन ढंगबाट प्रतिवाद गर्छौं,’ घिमिरेले थपे। कोइराला पक्षका नेताहरूको भनाइमा, केही दिनअघि मात्रै बसेको पार्टी शीर्ष नेताहरू (सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वय) को बैठकले अनुशासन समितिका निर्णय बाहिर ल्याउने विषयमा तत्काल रोक लगाउने सहमति गरेको थियो। तर त्यस विपरीत समितिबाट निर्णय सार्वजनिक गर्नु आन्तरिक समझदारीको उल्लङ्घन भएको उनीहरूको आरोप छ।

    यसअघि बुधबार नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारहरूप्रति असहयोगपूर्ण व्यवहार गरेको भन्दै केही नेता तथा कार्यकर्तामाथि निस्कासन र निलम्बनको निर्णय लिएको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend