२०८३, आश्विन २१ गते

images
  • अटो
  • मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रको माग बेवास्ता...

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रको माग बेवास्ता गर्‍याे : नाडा

मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रको माग बेवास्ता गर्‍याे : नाडा

शुक्रवार, आषाढ २७ २०८२०६:०६
शुक्रवार, आषाढ २७ २०८२०६:०६
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिप्रति नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले आपत्ति जनाएको छ। अटो व्यवसायीहरूको माग र गुनासो बेवास्ता गर्दै नीति ल्याइएको भन्दै नाडाले कडा असन्तोष प्रकट गरेको हो।

    नाडाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “मौद्रिक नीति हामी अटोमोबाइल व्यवसायीहरूको अपेक्षा गरेकोभन्दा धेरै टाढा रहेको महसुस गरेका छौं। अटोमोबाइल क्षेत्रले दिएका सुझावहरूलाई गम्भीरतापूर्वक नलिइएको मात्र होइन, कतैसमेत सम्बोधन गरिएको छैन।”
    नाडाका अनुसार मौद्रिक नीतिले अहिलेसम्मका विद्यमान कडाइहरूलाई यथावत् राखेको छ। सवारी ऋण, आयात प्रक्रिया र अटोमोबाइल क्षेत्रको औद्योगिक मान्यताका सवालमा कुनै उल्लेखनीय नीतिगत सुधार नगरिएको आरोप लगाइएको छ।

    नाडाले इन्धनचालित र लग्जरी सवारी साधनको ऋण प्रवाहमा अझै पनि कडा प्रावधान लागू गरिएको भन्दै आपत्ति जनाएको छ। नीति व्यवसायमैत्री नभएको भन्दै अटो व्यवसायीहरूको भावना विपरीत रहेको भनिएको छ।

    अटोमोबाइल क्षेत्रको सस्टेनेबल उत्थानका लागि विशेष रणनीति, सुधारको खाका वा कुनै सकारात्मक संकेतसमेत मौद्रिक नीतिमा नदेखिएको नाडाको भनाइ छ।

    नाडाले राष्ट्र बैंकलाई अटोमोबाइल उद्योगलाई रोजगारी सिर्जना, राजस्व संकलन र औद्योगिक विकासमा योगदान पुर्‍याउने क्षेत्रको रूपमा हेर्न आग्रह गर्दै तत्काल समायोजनसहितको नीति ल्याउन माग गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend