२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • विकास हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड, १८...

विकास हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड, १८ लाखभन्दा बढी आवेदकको हात खालि

विकास हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड, १८ लाखभन्दा बढी आवेदकको हात खालि

आइतवार, आषाढ २९ २०८२१०:०७
आइतवार, आषाढ २९ २०८२१०:०७
  • images

    काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ।

    बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान साढे ९ बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको छ।

    बाँडफाँडबाट भाग्यमानी २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आईपीओ हात पारेका छन् भने १८ लाखभन्दा बढी आवेदकको हात रित्तिएको छ। डुब्लिकेट आवेदन दिएका १२ हजारभन्दा बढीको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

    क्यापिटलका अनुसार २१ लाख २० हजार ८७५ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ता आईपीओका लागि आवेदन दिएका छन्। कम्पनीले असार १८ देखि २२ गतेसम्म २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो।

    आईपीओको नजिता सार्वजनिक हुन केही समय लाग्नेछ।

    यसरी हेर्न सकिनेछ नतिजा

    विकास हाइड्रोपावर लिमिटेडको आईपीओ सिडिएसले सञ्चालन गरेको आईपीओ नतिजा हेर्ने वेबसाईट https://iporesult.cdsc.com.np/,  बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाईट https://www.prabhucapital.com/ipo-allotment र मेरो शेयर एप https://meroshare.cdsc.com.np/#/login  लगइन गरेर आईपीओ भरेको एप्लिकेशन रिपोर्टमा गएर आईपीओको नतिजा हेर्न सकिन्छ । उक्त आईपीओको नतिजा केही समयपछि प्रकाशन गरिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend