२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • आजदेखि बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिन...

आजदेखि बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिन सकिने

आजदेखि बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिन सकिने

सीएनएन खबर
आइतवार, आषाढ २९ २०८२११:३४
सीएनएन खबर
आइतवार, आषाढ २९ २०८२११:३४
  • images

    काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको सय रुपैयाँ अंकित दरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

    जसमध्ये पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र २ लाख ७ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन तथा बिक्री वितरण गर्न लागिएको हो ।

    आईपीओ खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्ममा आवेदन दिन सकिनेछ । आजदेखि आयोजना प्रभावितका बासिन्दाले छिटोमा साउन ११ र ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend