काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ लाख रुपैयाँ घुस सहित भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्यलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार अख्यियारको टोलीले सेवाग्राहीबाट लिएको उक्त घुस सहित आचार्यलाई रंगेहात नियन्त्रणमा लिएको हो ।
मोही तल्सिङको मुद्दा मिलाउने भन्दै उनीहरूले सेवाग्रहीबाट साढे २४ लाख घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी पूर्जा बनाउने प्रायोजनका लागि उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ। उनीहरूको साथमा रहेको २ थान मोबाइल पनि जफत गरिएको अख्तियार जानकारी दिएको छ।

