२०८३, आश्विन २१ गते

images
  • अटो
  • अब काठमाडौँको रिङरोडमा गुड्छन महानगरका १२...

अब काठमाडौँको रिङरोडमा गुड्छन महानगरका १२ वटा विद्युतीय गाडी

अब काठमाडौँको रिङरोडमा गुड्छन महानगरका १२ वटा विद्युतीय गाडी

बुधवार, आषाढ ३२ २०८२१२:१८
बुधवार, आषाढ ३२ २०८२१२:१८
  • images

    काडमाडौँ । महानगर यातायातले अब काठमाडौंमा विद्युतीय बसबाट सेवा दिने भएको छ। बुधबार कम्पनीले १२ वटा ३३ सिटे विद्युतीय बस सार्वजनिक गरेको हो। 

    चेरी वान्डा ब्रान्डको सिटी बस कम्पनीको आधिकारिक वितरक शशीला मोटर्सले महानगर यातायातलाई हस्तान्तरण गरेको हो। 

    सबै पूर्ण विद्युतीय बसहरु हुन्। यी बसहरुको ह्विलबेस ४३०० एमएम, ग्रेडिबिलिटी २५ प्रतिशत, १३८०० किलोग्राम तौल, कर्ब वेट ७९०० किलोग्राम रहेको कम्पनीले जनाएको छ। 

    यसको अधिकतम प्रतिघण्टा गति ६९ किलोमिटर छ भने ६८ जनाले एकपटकमा सिट ९३३०मा बसेर यात्रा गर्न सक्छन्। १२०/२४० किलोवाटको मोटर सिस्टम रहेका बस डाइरेक्ट ड्राइभयुक्त छ। बसमा सीएटीएल, १४४.९७ केडब्लुएच पावरको ब्याट्री सिस्टम रहेको छ। 

    सुरक्षा फिचरहरुतर्फ अक्चिलरी ब्रेक टाइप, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक, एयर सस्पेन्सन रहेको छ। त्यस्तै न्युमेटिक डुअल सर्किट ब्रेकिङ सिस्टम, ब्रेक मास्टर सिलिन्डर र हाइ क्वालिटी भल्भ रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend