काठमाडौं । ठगी र विश्वासघातको आरोपमा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले काठमाडौंको टोखाबाट पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरका अनुसार उनले करिब २२ करोड रुपैयाँ ठगी गरेका छन्।
प्रहरीका अनुसार अग्रवालले सेयर कारोबारमार्फत लगानीकर्ता र ब्रोकर कम्पनीलाई ठगी गर्दै आएका थिए। सस्तोमा सेयर किनेर महंगोमा बेच्ने, सामाजिक सञ्जालमार्फत सेयर मूल्य बढाउने अफवाह फैलाउने, १५ वटा टीएमएस खाता प्रयोग गर्ने, अन्यको खाता आफैं चलाउने जस्ता गतिविधि गरेपछि नेपाल धितोपत्र बोर्डको अनुसन्धानपछि उनलाई पक्राउ गरिएको हो।

