२०८३, आश्विन २१ गते

images
  • समाचार
  • ‘अक्वा त्रिदेव’ ब्रान्डको पानीमा कोलिफर्म भेटियो,...

‘अक्वा त्रिदेव’ ब्रान्डको पानीमा कोलिफर्म भेटियो, महानगरद्वारा दुई लाख जरिवाना

‘अक्वा त्रिदेव’ ब्रान्डको पानीमा कोलिफर्म भेटियो, महानगरद्वारा दुई लाख जरिवाना

बुधवार, श्रावण ३० २०८१०९:५२
बुधवार, श्रावण ३० २०८१०९:५२
  • images

    काठमाडौं । ‘अक्वा त्रिदेव’ ब्रान्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले दुई लाख जरिवाना गर्ने निर्णय गरेको छ । तारकेश्वर नगरपालिका–१० मा सञ्चालित जाम्बुलिंगा ग्रुप इन्डष्ट्रीले उत्पादन गरेको पानीमा कोलिफर्म मिसिएको पुष्टि भएको हो । 

    महानगरले साउन २५ गते गोगंबु क्षेत्रबाट पाँच वटा ब्रान्डका नाममा उत्पादित २० लिटरका जारको पानीको नमुना संकलन गरेको थियो । ती नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षण गर्दा कोलिफर्म भेटिएको महानगरका निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए । 

    मंगलबार प्राप्त रिपोर्टमा अक्वा त्रिदेव ब्रान्डको पानीमा फिकल कोलिफर्म भेटिएको हो । डा. झाका अनुसार प्रतिएक सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सीएफयू) देखिएको छ । 

    खाद्य प्राविधिक अनिल बस्नेतका अनुसार “नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८०’ अनुसार प्रशोधित पिउने पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ । पानीमा सीएफयू तीन सयभन्दा धेरै देखिनु पानीको स्रोतमा सफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।” 

    कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो । डा. झाका अनुसार जरिवाना गरिएसँगै सो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ । जार र बोतलको पानीमा किरा, फोहर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend