२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • नेपाल इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन खुला,...

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन खुला, साउन २६ गतेसम्म आवेदन दिन सकिने

नेपाल इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन खुला, साउन २६ गतेसम्म आवेदन दिन सकिने

मंगलवार, श्रावण ६ २०८२१२:४३
मंगलवार, श्रावण ६ २०८२१२:४३
  • images

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) ले आज साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत बराबरको हकप्रद शेयर जारी गरेको हो।

    कम्पनीले १० कित्ता शेयर बराबर ३.४७८३ कित्ता को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दैछ। यसअनुसार कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो। शेयरहरूको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।

    यस प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। त्यस अनुसार जेठ २९ गतेसम्म कम्पनीको शेयर नेप्सेमा खरिद गरेर नाममा लगाएका शेयरधनीहरूले हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति साउन २६ गते रहेको छ।

    कम्पनीको हकप्रद शेयर निष्काशनको क्रेडिट रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्ने पर्याप्त क्षमता रहेको सङ्केत गर्दछ।

    हकप्रद शेयर निष्काशन तथा बिक्रीको व्यवस्थापन एनआईएमबि एस क्यापिटल लिमिटेड ले गरेको छ। शेयरधनीहरूले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ पोर्टल प्रयोग गरी सि-आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, बिक्री प्रबन्धकको कार्यालय, शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ।

    हाल नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि कम्पनीको पूँजी बढेर २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend