२०८३, आश्विन २१ गते

images

सेयर बजारमा सामान्य सुधार, १९ अर्ब ५७ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, १९ अर्ब ५७ करोडको कारोबार

बुधवार, श्रावण ७ २०८२०३:३५
बुधवार, श्रावण ७ २०८२०३:३५
  • images

    काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य वृद्धि देखिएको छ। कारोबार रकम भने उल्लेखनीय रूपमा उच्च रह्यो।

    नेप्से परिसूचकमा झिनो अंकको वृद्धि हुँदासाथ कुल १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बजारमा लगानीकर्ताको सक्रियता उच्च देखिएको हो।

    यस दिन हिमालयन रि इन्स्योरेन्स र शिवम् सिमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ।

    हिमालयन रिको ७८ करोड १० लाख रुपैयाँ

    शिवम् सिमेन्टको ७५ करोड २९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो।

    त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ६२ करोड ३३ लाख रुपैयाँ,

    बुटवल पावर कम्पनी को ६२ करोड २५ लाख रुपैयाँ,

    नेपाल पुनर्बीमा कम्पनी को ५५ करोड २७ लाख रुपैयाँ को कारोबार भएको छ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend