२०८३, आश्विन २३ गते

images
  • समाचार
  • लमजुङको खरखरेबाट अटो मर्स्याङ्दी नदीमा खस्दा...

लमजुङको खरखरेबाट अटो मर्स्याङ्दी नदीमा खस्दा ६ जना घाइते, एकको अवस्था गम्भीर

लमजुङको खरखरेबाट अटो मर्स्याङ्दी नदीमा खस्दा ६ जना घाइते, एकको अवस्था गम्भीर

बिहिवार, श्रावण ८ २०८२०३:२८
बिहिवार, श्रावण ८ २०८२०३:२८
  • images

    लमजुङ । लमजुङको बेसीशहर नगरपालिका–६ स्थित खरखरे भिरमा अटो दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।

    बेसीशहरबाट खुदीबजारतर्फ जाँदै गरेको ग.प्र. ००४००१ ह २८५ नम्बरको अटो बिहीबार दिउँसो अनियन्त्रित भई सडकबाट मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

    दुर्घटनामा परी घाइते हुनेमा गोरखा आरुघाट गाउँपालिका–१ मानगाउँ घर भइ हाल बेसीशहर नगरपालिका–६ चनौटेमा बसोबास गर्दै आएकी ४० वर्षीया शिलादेवी गुरुङ, ४५ वर्षीया सानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ र नुवाकोट तादी गाउँपालिका–२ की ५० वर्षीया अस्मिता तामाङ रहेका छन्।

    घाइतेमध्ये शिलादेवी गुरुङको अवस्था गम्भीर रहेको बताइएको छ भने अन्यको अवस्था खतरामुक्त रहेको छ। सबै घाइतेहरूको लमजुङ प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    अटो चालक मर्स्याङ्दी गाउँपालिका–४ ताघ्रिङका ३० वर्षीय टोपबहादुर लामालाई भने सामान्य चोट लागेको छ। दुर्घटनापछि अटो मर्स्याङ्दी नदीले बगाएको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend