काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला एक लाख लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला २ हजार ३४० रुपैयाँ पुगेको छ ।

