२०८३, आश्विन २३ गते

images
  • समाचार
  • आजको मौसम: मनसुनी वायुको प्रभाव कमजोर,...

आजको मौसम: मनसुनी वायुको प्रभाव कमजोर, यी प्रदेशमा हुनेछ वर्षा

आजको मौसम: मनसुनी वायुको प्रभाव कमजोर, यी प्रदेशमा हुनेछ वर्षा

आइतवार, श्रावण ११ २०८२०७:११
आइतवार, श्रावण ११ २०८२०७:११
  • images

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ ।  

    कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा र मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।

    यसैगरी आज राती देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    कोशी , बागमती , गण्डकी , कर्णाली  र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend