२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • विद्युत प्राधिकरणका एमडी शाक्यले भनेः चितवनमा...

विद्युत प्राधिकरणका एमडी शाक्यले भनेः चितवनमा लोडसेडिङको सूचना हल्ला मात्रै

विद्युत प्राधिकरणका एमडी शाक्यले भनेः चितवनमा लोडसेडिङको सूचना हल्ला मात्रै

आइतवार, श्रावण ११ २०८२०१:११
आइतवार, श्रावण ११ २०८२०१:११
  • images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु नभएको स्पष्ट पारेका छन् । शनिबार चितवन कार्यालयले जारी गरेको सूचनामा लोडसेडिङ भन्ने सूचनामा सत्यता नरहेको जिकिर गरे । 

    आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको तर लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको जिकिर गरेका हुन् ।

    चितवनमा रहेको सबस्टेशन अपग्रेड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार विद्युत आपूर्ति बन्द गर्न लागिएको उनले बताए । पुरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर परिवर्तन गर्न खोजिएको शाक्यको भनाइ छ । उनले विद्युत क्षमता वृद्धि गर्दा पुरानो नेटवर्क धान्न नसकेका कारण बत्ती जाने समस्या देखिएको बताए ।

    नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । तर अहिले अत्यधिक गर्मी र रोपाइँको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेको हुँदा नारायणी(माडी, मेघौली(विजयनगर(शुक्रनगर र जगतपुर(रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ हुने सूचना जारी गरेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend